Logo

न्यायिक अनुशन्धान प्रक्रियामा रहेको पल शाह प्रकरणमा सामाजिक सञ्जालमा किन बहस ?



काठमाडौं, २० फागुन । नायक तथा मोडेल पल भनिने पूर्णविक्रम शाह यतिवेला नाबालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा छन् । उनी यतिवेला तनहुँ प्रहरीको हिरासतमा छन् । उनीमाथि बयान लिने काम सुरु भैसकेको छ । यो मुद्दा अदालतमा प्रवेश गरिसकेकाले अब यसमा मिडिया तथा सामाजिक सञ्जालमा बोलेर यो विषयलाई प्रभावित पार्न नहुने तर्क हाबी भैरहेको छ।

यो प्रकरणमा न्यायिक प्रक्रियालाई प्रभाव पार्नेगरि कुनैपनि गतिविधि नगर्न राष्ट्रिय मानवअधिकार आयोगले समेत ध्यानाकार्षण गराईसकेको छ । आजमात्रै आयोगले एक विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकार्षण गराएको हो । अहिले पलको पक्ष र विपक्षमा मिडियाबाजी भैरहेको छ। कतिपयले पललाई सामाजिक सञ्जालबाटै निर्दोष सावित गरिसकेका छन् ।

उता, नायिकाहरुले पनि यो विषयमा आफ्नो धारणा बाहिर ल्याएका छन् । उनीहरुले पीडित नाबालिकाको पक्षमा आफूलाई उभ्याएका छन्। उनीहरुले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमार्फत धमाधम धारणा सार्वजनिक गरेका छन्। उनीहरुले बोलेपछि सामाजिक सञ्जालमा उनीहरुविरुद्ध नै टिकाटिप्पणी र आलोचना भैरहेको छ ।

अहिलेसम्म नायिकाहरु रेखा थापा, ऋचा शर्मा, प्रियंका कार्की, सुरक्षा पन्त, नम्रता सापकोटा, सन् २०१८ की मिस नेपाल श्रृंखला खतिवडाले बोलिसकेका छन् । उनीहरुले पीडित बालिकाको पक्षमा आफूलाई उभ्याएका छन् ।

Related News: 

पल शाह प्रकरणमा राष्ट्रिय महिला आयोग पनि बोल्यो, पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकार्षण (विज्ञप्तीसहित) 

पल शाह प्रकरणमा मानव अधिकार आयोग बोल्यो (विज्ञप्तीसहित)

 



प्रतिक्रिया दिनुहोस्