Logo

प्रचण्ड र माधव नेपालले नाँगो रुपले एमसीसी पारित गरे : सिपी गजुरेल



काठमाडौं, २० फागुन । देशभक्त गणातान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले एमसीसीको कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज एमसीसिीविरोधी सभालाई सम्बोधन गदैृ गजुरेलले यस्तो बताएका हुन् । एमसीसीविरोधी सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का राष्ट्रवादी नेताहरु पनि एमसीसीको विरोधमा भएको भन्दै सबै एकजुट भएर निर्णायक संघर्ष गर्नुपर्नेमा जोड दिए । ृउनले सुरुमा विरोध गरेको जस्तो गरेपनि प्रचण्ड र माधव नेपालले नाँगो रुपमा एमसीसी पास गराएको सुनाए । उनले संसद्बाट पारित व्याख्यात्मक घोषणाको कुनै अर्थ नहुने बताए ।

उनले भने,‘अहिले प्रचण्ड र माधव नेपालसँग पनि उनीहरुको पार्टीका नेताहरुको संघर्ष चलिरेको छ । तपाईँहरु विद्रोह गरेर आउनुहोस । यदि बार्गेनिङको लागि विरोध गरेको हो भने चाहीँ त्यसको महत्व हुँदैन् । तर, साँच्चै विरोध गरेको हो भने आउनुहोस।’ उनले संसदीय व्यवस्थाविरुद्ध पनि आन्दोलन अघि बढाउने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot