Logo

प्रचण्ड र बाबुरामको नामै लिएर खनिए विप्लव (भिडिओसहित)



काठमाडौं, २० फागुन । नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए ।

एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले आफूहरु प्रतिबन्धकै अवस्थामा पनि एमसीसीको विरुद्धमा लडेको सुनाए । उनले आफूहरुले देशको हितको लागि संघर्ष गरेको तर सरकारले आफूहरुमाथि प्रतिबन्ध गरेको पनि गुनासो पोखे । उनले एमसीसीको विरोधमा आफूहरुले प्रतिबन्धकै अवस्थामा जनतालाई नझुक्नको लागि अपिल गरेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot