Logo

नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउनको लागि अमेरिका लागिपरेको छ : विप्लव (भिडिओसहित)



काठमाडौं, २० फागुन । नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए । एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले आफूहरु प्रतिबन्धकै अवस्थामा पनि एमसीसीको विरुद्धमा लडेको सुनाए ।

उनले आफूहरुले देशको हितको लागि संघर्ष गरेको तर सरकारले आफूहरुमाथि प्रतिबन्ध गरेको पनि गुनासो पोखे । उनले एमसीसीको विरोधमा आफूहरुले प्रतिबन्धकै अवस्थामा जनतालाई नझुक्नको लागि अपिल गरेको स्मरण गराए । उनले एमसीसी पारित गर्नु राष्ट्रमाथिको घात भएको टिप्पणी गरे। एमसीसी पास भएको विरोधमा आफूहरुले नेपाल बन्दको घोषणा गरेको पनि सुनाए । उनले संसद्ले जनताको अनुमतिबिना पास गर्न पाउँदै भनेर आफूहरुले बन्दपनि गरिसकेको सुनाए ।

उनले फागुन १६ गतेको नेपाल बन्द कालो दिनको विरुद्धको विद्रोह भएको पनि उल्लेख गरे । एमसीसी भनेको आजको भूमण्डलीकृत पुँजीवाद भएको पनि उनले उल्लेख गरे । उनले जनयुद्ध नेपालको ८० प्रतिशत भूभागमा फैलिएको थियो भन्ने धारणा राखे । उनले एमसीसीलाई अनुदान नभएर नेपाली क्रान्तिकारी आन्दोलनलाई विभिन्न बहानमाा सिध्याउन खोजिएको सुनाए ।

उनले एमसीसी २१औं शताब्दीको साम्राज्यवादको नीति भएको टिप्पणी गरे । उनले अनुदानसहितको हस्तक्षेपकारी नीतिको उपज एमसीसी आरोप लगाए । उनले नेपालको कम्युनिष्ट जनमतलाई सिध्याउनको लागि अमेरिका लागिपरेको सुनाए । उनले केपी ओली, माधव नेपाल र प्रचण्डमा नैतिक विचालन आएको आरोप लगाए । उनले केपी ओलीमा एमसीसी निशर्त पास गर्नुपर्छ भन्ने घटिया सोच भएको सुनाए । तर, त्यो भन्दापनि तल्लो स्तरमा झरेर प्रचण्ड र माधव नेपालले सम्झौता गरेको उनको अर्को आरोप छ । उनले एमसीसी देशको हितमा छैन भन्ने मत कांग्रेसमा पनि रहेको सुनाए । उनले यही मत नेपाली सेना र नेपाल प्रहरीमा पनि रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot