Logo

के हो युक्रेनमा रुसले प्रयोग गरेको भनिएको भ्याक्युम बम?



एजेन्सी, फागुन २१ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्।

सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त हुने गरी भएको विस्फोटन थर्मोबेरिक अस्त्रका कारण भएको आरोप छ। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

रुसले धेरै ठाउँमा प्रतिबन्धित क्लस्टर बमको पनि प्रयोग गरेको दाबी गरिएका छन्।एमनेस्टी इन्टर्न्याश्नलले रुसमाथि उत्तरपूर्वी युक्रेनमा एक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ।

थर्मोबेरिक अस्त्र प्रयोग गर्दा त्यसले सबभन्दा पहिले निसाना पारिएको ठाउँ वरपरको अक्सिजन सोस्छ अनि अति उच्च तापक्रममा विस्फोट हुन्छ। त्यसको प्रयोगको मानवअधिकार सङ्गठनहरूले निन्दा गरेका छन्।

पहिलो चरणमा विस्फोट हुँदा वरपरको वातावरणमा प्रज्वलनशील इन्धनको एक प्रकारको बादल नै फैलन्छ।त्यो वरपरका भवनहरू भित्र फैलिन्छ। त्यसपछि दोस्रो चरणमा उक्त बादल विशाल आगोको डल्लोमा परिणत हुन्छ र त्यसले वरपरको अक्सिजन सोसिदिन्छ। यसले सो क्षेत्रमा डरलाग्दो तरङ्ग पैदा हुन्छ।

सुरुको विस्फोटनमा परेको जो कोही तत्काल धूलोपीठो हुन्छन्। छेउछाउका क्षेत्रमा रहेकाहरूलाई ुशक वेभुका कारण गम्भीर आन्तरिक चोटपटक लाग्छ।



प्रतिक्रिया दिनुहोस्