एजेन्सी : किभ, २१ फागुन : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ ।
जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ ।
दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ ।
रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ ।
राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ ।
राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो ।
रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ ।
शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो ।
आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ ।
युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ । file photo