Logo

नारायणकाजी श्रेष्ठले पार्टी नछोड्ने हिमाल शर्माको दाबी (भिडिओसहित)



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले एमसीसीलाई जस्ताको त्यस्तै पारित नगर्ने भन्ने पार्टीको लाईनअनुसार एमसीसी जस्ताको त्यस्तै पारित नभएको दाबी गरेका छन् । उनले संसद्बाट पातिर भएको १२ बुँदे व्याख्यात्मक घोषणा केही पनि होईन भन्न नहुने तर्क गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी फेल भएको भए आफूहरु सरकारबाट यसअघि नै बाहिरिसकेको हुने थियौं भन्ने धारणा राखे । उनले एमसीसी पास गर्दा एकदमै ठूलो राष्ट्रघात नभएको जिकिर गरे ।

शर्माले हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेता नारायणकाजी श्रेष्ठले आफूलाई पार्टी छोडेर जा भनेको भनेर गुनासो गरेको सुनाए । तर, अध्यक्ष प्रचण्डले भने आफूले नारायणकाजी श्रेष्ठलाई नै इंगित गरेर नभनेको स्पष्ट पारेका थिए । उनले नारायणकाजी श्रेष्ठ कुनैपनि हालतमा आफ्नो पार्टीबाट नबाहिरिने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्