Logo

युक्रेनी राष्ट्रपति भागेर पोल्यान्ड पुगेको हल्ला चलेपछि… (भिडियोसहित)



एजेन्सी, २१ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको हल्ला चल्यो । शुक्रबार रुसी संसद डुमाका सभामुख भ्याचेस्लाभ भोलोडिनले जेलेन्स्की युक्रेनबाट भागिसकेको अभिव्यक्ति दिए । उनी पोल्यान्डमा रहेको भने ।

रुसी समाचार संस्था स्पुतनिकसँगको कुराकानीमा भोलोडिनले जेलेन्स्कीबारे अभिव्यक्ति दिएपछि विश्वकै चासो बन्यो । त्यसपछि शनिबार उनले भिडियो सन्देश दिए ।

उक्त सन्देशमा जेलेन्स्कीले आफू युक्रेनको राजधानी किभमै रहेको बताए । उनले आफू किभस्थित कार्यालयमा नै काम गरिरहेको बताए । उनले भने, ‘कोही कतै भागेको छैन ।’

जेलेन्स्कीले युक्रेनबाट नभाग्ने र रुसी सेनालाई पराजित गरेरै छाड्ने बताइरहेका छन् । उनले यूरोपेली यूनीयनलाई सहयोगको आग्रह गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot