Logo

नेविसंघका केन्द्रीय नेता रायमाझी पार्टीको जिल्ला सचिवमा किन आवश्यक ?



काठमाडौं, २१ फागुन । नेविसंघका केन्द्रीय नेता मनिष रायमाझी पार्टीको जिल्ला सचिवमा उम्मेवारी दिएका छन् । उनी ‘दल, बल र धनको अन्त्य गरौं, जिल्लामा वैचारिक नेतृत्व स्थापित गरौ’ भन्ने मुल नाराका साथ नेविसंघमा सक्रिय छन् । पछिल्लो समय उनलाई युवाहरुले पार्टीको जिल्ला सचिवको भूमिकामा रुचाएका छन् ।

रायमाझी किन आवश्यक छ ? भन्दै युवाहरुले सामाजिक सञ्जालमा क्याम्पेन नै चलाएका छन् । दल, बल र धनको प्रभावले कुनै पनि राजनैतिक पदमा पार्टीको योग्य, क्षमतावान ब्यक्ति जो ओझेलमा परेका छन उनीहरुको प्रतिनिधित्व गर्दै प्रोत्साहन गर्दै आम क्षमतावान नया पुस्ता को मनोबल उच्च पार्नको निमित्त रायमाझी आवश्यक रहेको युवाहरुले उल्लेख गरेका छन् । त्यस्तै, नाताबाद र कृपाबादको अन्त्य गर्दै जिल्लामा स्वस्थ राजनैतिक वातावरण स्थापित गर्नको लागि पनि रायमाझीको आवश्यकत्ता रहेको उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot