Logo

प्रहरी नियन्त्रणमा व्यापारीको मृत्युले वीरेन्द्रनगरमा तनाव, छानविन समिति गठन



वीरेन्द्रनगर, २१ फागुन । प्रहरी नियन्त्रणमा परेका व्यापारीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । सुर्खेतमा मृतक मिनी हमालका आफन्त र स्थानीयले तोडफोड र आगजनी गरेका छन् ।

हमालका आफन्तले प्रहरीले नियन्त्रणमा लिएर अण्डकोषमा हानेको आरोप लगाएको छ । त्यसपछि अस्पताल पुर्याउँदा मृत घोषित भएका थिए । सुर्खेत अस्पतालले पनि अस्पताल पुर्याउँदा हमालको मृत्यु भइसकेको जनाएको छ ।

२० फागुनको राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनी हमालसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले मदिरा सेवन गरेको र प्रहरीले नियन्त्रणका क्रममा बल प्रयोग गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानविनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ । ३ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्ने भन्दै शान्तिसुरक्षाका लागि अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले २१ फागुनको विहान सवा १० बजे कृष्ण हमालको मृत्यु भएको उल्लेख गरेको छ । सुब्बाकुना, सुर्खेतको प्रहरी चेकपोष्ट नेपालगञ्जबाट हुम्ला जाँदै गरेको भे १ क ९२२ को मिटी ट्रक चेकजाँच गर्दा सवारी चालक अनुमतिपत्र र अन्य सवारी साधानसम्बन्धी कागजात नभएको भनी ट्रक चालक तिलब बहादुर शाही र कालिकोट तिलागुफाका कृष्ण हमाललाई सोधपुछ गरिएकोमा नभएपछि सोही ट्रकमा सुतेको र भोलिपल्ट २१ फागुनमा विहान साँढे ८ बजे सवारी चालक अनुमतिपत्र प्राप्त चालक बल बहादुर बिसीले गाडी लिई हमाल समेत गएको र विहान सुर्खेत अस्पतालमा मृत्यु भएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot