Logo

रुसद्वारा घोषित युद्धविराम टिकेन, युक्रेनलाई सघाउने देशलाई पुटिनको धम्की



एजेन्सी, २२ माघ । रुसले घोषणा गरेको युद्धविराम एक दिन पनि टिकेन । उसले समुन्द्री तटका दुई शहरहरुमा मानिसहरुलाई अन्यत्र जान गरेको युद्धविराम टिक्न नसकेको हो । रुस र युक्रेनले एक अर्कामाथि उक्त युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

रुसले युद्धविराम नरहेको भन्दै आक्रमणलाई तिव्रता दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको हमला योजना मुताबिक नै बढेको दाबी गरेका छन् ।

शनिबार पुटिनले युक्रेनमा हवाई निषेधित क्षेत्र घोषणा गर्ने जो कोहीले आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले उक्त घोषणा गर्ने देश युद्धमा संलग्न भएको मानिने बताए । पुटिनले नाम नलिई नाटो देशहरुलाई चेतावनी दिएका छन् ।

यसैगरी, पुटिनले युक्रेनले विगत वर्षहरुमा पूर्वी क्षेत्रमा १५ हजारभन्दा बढीको हत्या गरेको आरोप लगाएको छ । मानवताविरोधी अपराध गरेपनि युक्रेनमाथि पश्चिमा देशहरु नबोलेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्