Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको भेन्यु र समय सर्यो, प्रचण्डले एमसीसीबारे उठेको प्रश्नको जवाफ दिने



काठमाडौं, २२ फागुन। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक तीन घण्टा पर सरेको छ ।

आज विहान ११ बजेबाट बस्ने भनिएको बैठक तीन घण्टा ढिलो दिउँसो २ बजेबाट सुरु हुने जनाईएको छ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन् ।

यअघि राष्ट्रियसभा गृहमा बसेको केन्द्रीय कमिटी बैठक आज भने बत्तिसपुतलीस्थित् अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ।

यही केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने पनि कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot