Logo

पुटिनको धम्कीः युक्रेन सहमत भएन भने नाम मेटाइनेछ



एजेन्सी, २२ फागुन । युक्रेन र रुसबीचको युद्धको आज ११ औं दिन हो । शनिबार रुसले युक्रेनमा सर्वसाधारणको उद्धारका लागि युद्धविरामको घोषणा गरे पनि केही घण्टापछि अन्त्य गरेको थियो । यसपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले झुकिएन भने आफ्नो नाम मेटिने धम्की दिएका छन् ।

पुटिनको धम्कीको जवाफमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हामी स्वतन्त्रताका लागि लड्ने र कसैको अगाडि झुक्ने छैनौं भनेका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दावी गरेको छ कि करिब १ लाख ५० हजार रुसी सेनाले कीभलाई घेरेको छ र रसियाले जुनसुकै बेला यो सहरमा आक्रमण गर्न सक्छ।

भारतीय समय अनुसार आइतबार बिहान युक्रेनको लिभ सहरमा भएको मिसाइल आक्रमणमा धेरै आवासीय भवन ध्वस्त भएका छन् । किभ इन्डिपेन्डेन्टका अनुसार विगत १० दिनमा १० लाखभन्दा बढी युक्रेनी नागरिक सेनामा सामेल भएका छन्। सबैलाई प्रारम्भिक तालिम दिएपछि अग्रपंक्तिमा खटाइएको छ । राष्ट्रपति जेलेन्स्कीले अमेरिकालाई थप हतियार उपलब्ध गराउन अपिल गरेका छन् ।

रुसले युद्धमा मारिएका सैनिकको परिवारलाई ३ करोड ९० लाख दिने भएको छ रुसी सरकारले युक्रेन र सिरिया युद्धमा ज्यान गुमाउने प्रत्येक रुसी सैनिकको परिवारलाई ५० लाख रुबल अर्थात् करिब ३ करोड ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साथै घाइते सैनिकका परिवारलाई ३० लाख रुबल अर्थात २ करोड ४ लाख रुपैयाँ दिइनेछ । रुसले युक्रेन युद्धमा हालसम्म आफ्ना ४९८ सैनिक मारिएको जनाएको छ । रुसको दावीको विपरीत युक्रेनले युद्धमा करिब १० हजार रुसी सैनिक मारिएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्