Logo

‘बजरंगी भाइजान’ की मुन्नी १४ वर्षकी भइन्, सलमान खानले भने– ‘तिमी मभन्दा ठूलो स्टार बन्छौ’



एजेन्सी, २२ फागुन । सन् २०१५ मा चलचित्र ‘बजरंगी भाईजान’ मा मुन्नीको भूमिका निभाएकी बाल कलाकार हर्षाली मल्होत्राले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । हर्षाली अहिलेको युगमा धेरै सफलता हासिल गर्ने केही बाल कलाकार मध्येकी एक हुन्, तर हर्षाली अहिले हुर्किसकेकी छिन् र फिल्म ‘बजरंगी भाइजान’ पछि उनलाई बलिउडबाट अहिलेसम्म कुनै राम्रो ठूला अफर आएको छैन् । हर्षाली अहिले १४ वर्षकी भइन् र अहिले उनको लुक्समा निकै परिवर्तन आएको छ ।

हर्षालीले एक अन्तर्वार्तामा आफूलाई फिल्म, टिभी र ओटीटीबाट धेरै अफर आइरहेको बताएकी थिइन् । तर, त्यसमा त्यो कुरो होइन । उनीहरू हतारमा केही गर्न चाहँदैनन्। फिल्ममा आफ्नो कामको चर्चा होस् भन्ने उनी चाहन्छिन् ।

हर्षालीले थप भनिन्, ‘म भविष्यमा अभिनेत्री बन्न चाहन्छु । म अभिनय कक्षामा जोडिनेछु। म उपयुक्त तालिम लिएर आफैंलाई तयार गर्नेछु। अहिले कोविडका कारणले गर्न सकेको छैन । अहिले म मार्शल आर्टको तालिम र एरोबिक्स पनि गरिरहेको छु । आफूलाई फिट राख्न बाहिरको खाना र फास्टफुडबाट टाढा रहन्छु ।

उनको अहिले मेरो ८ कक्षाको पढाइ चलिरहेको छ । हर्षालीले भनिन्, ‘फिल्मको सेटमा जब मैले सलमान काकालाई उनीजस्तै सुपरस्टार बन्न चाहन्छु भनेँ, के तपाईले मलाई सुपरस्टार बनाउनुहुन्छ ? सलमान काकाले म भन्दा तिमी ठूलो सुपरस्टार बन्ने भन्नुभएको थियो ।’



प्रतिक्रिया दिनुहोस्