![](https://reportersnepal.com/wp-content/uploads/2022/03/Salman-and-Sonakshi.webp)
एजेन्सी, २२ फागुन । बलिउड अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको बिहेको नक्कली तस्बिर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यी तस्बिरहरूमा दुवैले गोप्य रूपमा विवाह गरेको दाबी गरिएको छ । सोनाक्षी सिन्हाको यी फोटोसप तस्बिर र मानिसहरुको दाबीमा अहिले प्रतिक्रिया आएको छ ।
सोनाक्षीले मानिसहरुको खिल्ली उडाउँदै मान्छेहरु यति मुर्ख हुन् की उनीहरुले फोटोसप र ओरिजिनल फोटोको फरक नबुझेकोमा गुनासो गरेकी छिन् ।
वास्तवमा सिन्हाले नक्कली बिहेको पोस्टमा प्रतिक्रिया दिँदै लेखेकी छिन्, “के तिमी रियल र फोटोसप गरिएको तस्बिर छुट्याउन नसक्ने मूर्ख हौ।’’ सोनाक्षी सिन्हाले यो कमेन्टसँगै हाँस्ने इमोजी पनि सेयर गरेकी छिन्। फेक फोटो बारे सोनाक्षीको प्रतिक्रिया आए पनि तर, अहिलेसम्म सलमानको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन् ।
भाइरल फेक तस्बिरमा सलमानले दुलहीको भेषमा सजिएकी सोनाक्षीलाई औठी लगाएको देखिन्छ । सोनाक्षीको सिउँदोमा सिन्दूर पनि देखिन्छ । यसै क्रममा सलमान सेतो शर्ट र क्रिम कलरको ज्याकेटमा ड्यासिङ देखिएका छन् । भाइरल तस्बिरहरूलाई ध्यानपूर्वक हेरेपछि थाहा भयो कि यी तस्बिरहरू फोटोसपमा सम्पादन गरिएको हो। यसैबीच, मिडियामा खबर आएको छ कि सलमान कहाँ युलिया वन्तुरलाई डेट गरिरहेका छन् । योसँगै सोनाक्षीको नाम अभिनेता जहीर इकबालसँग जोडिएको छ ।
सोनाक्षी र जहीरको सम्बन्धलाई लिएर पनि हल्ला चलेको थियो । अर्कोतर्फ, सोनाक्षीले जहीर इकबालसँग सम्बन्धमा रहेको खबरको खण्डन गर्दै भनिन्, ‘उनी मेरो लागि साथीजस्तै छन् र यो खबर सुनेर हामी धेरै हाँसे किनभने यो एकदमै हास्यास्पद छ । आफ्नो पहिलो फिल्ममा राम्रो काम गरेको र ’डबल एक्सेल’ मा उनको भूमिका पनि एकदमै फरक छ।
सोनाक्षी र सलमान निकै मिल्ने साथी हुन् । सोनाक्षीले सन् २०१० मा सलमानको फिल्म दबंगबाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी ‘राउडी राठौर’, ‘दबंग २’, ‘लुटेरा’, ‘बुलेट राजा’, ‘हा‘लिडे’, ‘तेवर’, ‘अकिरा’, ‘कलंक’, ‘खानदानी शफाखाना’, ‘दबंग ३’ मा देखिए । ‘मिसन’, मंगल जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् । सोनाक्षी पछिल्लो पटक फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’ मा देखिएकी थिइन् । जसमा अजय देवगन, शरद केलकर, नोरा फतेही, सञ्जय दत्त पनि मुख्य भूमिकामा थिए । अब उनी छिट्टै ‘काकुडा’ र ‘डबल एक्सएल’मा देखिने भएकी छिन् ।्