Logo

आज फेरी पल शाहलाई अदालतबाट म्याद थपिदै



काठमाडौं, २२ फागुन । बलात्कारको आरोपमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई थप अनुसन्धान गर्न आज अदालतले म्याद थप गर्दैछ ।

शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान गरेको ७ दिन पुगेको छ । अझै अनुसन्धान प्रक्रिया बाँकी रहेकोेले आज म्याद थप गर्ने जनाईएको छ।

शाहविरुद्ध एक नाबालिग गायिकाले केही दिन अघि आफुलाई  बलात्कार गरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी पछि शाह आफै प्रहरीको आत्मसर्मपण गर्न पुगेका थिए । प्रहरीले शाहसँग जोडिएका धेरै व्यक्तिहरुसँग पनि बयान लिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्