Logo

४ सैनिकको गोली हानी हत्या पछि आफुले गरे आत्महत्या



यस्तो थियो गोली हान्नुको कारण

एजेन्सी, २२ फागुन । पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा गोली चलाएका छन् । गोलीबारीमा ४ जवानको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । यसै क्रममा ४ जनालाई गोली हानेका जवानले पनि आफैले पनि गोली हानेर आत्महत्या गरेका छन् । घाइतेहरुको गुरुनानक देव अस्पतालमा उपचार भइरहेको छ । सोही क्रममा गोली चलाउनुको कारण कामको विवाद रहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार ज्ञद्धद्ध बटालियनका जवानहरू खासास्थित बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए। सो क्रममा १५५ गणका जवान सत्यप्पा एस.के. उनी रिसाउँदै आएर अन्धाधुन्ध गोली चलाउन थाले । कामप्रति जवान रिसाएका खुलेको छ । गोलीबारीमा बिहानको खाना खाइरहेका सैनिक घाइते भएका छन् । मुख्यालयमा हलचल मच्चिएको थियो ।

गोली चलाएपछि प्रहरी जवान सत्यप्पाले आफैलाई पनि गोली हानेका थिए । घटनास्थलमै चार सैनिकको मृत्यु भएको थियो । प्रहरी जवान सत्यप्पा र घाइते जवानलाई अस्पताल लगिएको छ। अस्पतालमा प्रारम्भिक परीक्षणपछि ल्याइएको पाँचजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्त र बीएसएफका उच्च अधिकारी घटनास्थलमा पुगेका छन् । प्रहरीलाई पनि जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot