Logo

भारतमा सीमा सुरक्षा फौजका जवानले ४ सहकर्मीको हत्या गरेपछि…



एजेन्सी, २२ फागुन । भारतमा सीमा सुरक्षा फौजका जवानले आफ्ना ४ साथीहरुको हत्या गरी आत्महत्या गरेका छन् । पञ्जाबको अमृतसरस्थित फौजको खासा मुख्यालयमा आइतबार विहान उक्त घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमले प्रहरीको भनाई उदृत गर्दै घटनाको पुष्टि गरेको हो । घटनामा एकजना जवान घाइते भई अस्पतालमा उपचाररत छन् ।

घटनाका मुख्य अभियुक्त सीमा सुरक्षा जवान आफ्नो ड्युटीको समयबारे रुष्ट रहेको बताइएको छ । सेट्टेपा एस के ले ड्युटीमा खटिदाको हतियार चलाएका थिए । उनले बटालियन कमाण्डर सतिस मिश्राको गाडीमा समेत गोली प्रहार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्