Logo

नेप्सेमा आज सामान्य अंकको गिरावट



काठमाडौं, २२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से आज ३ दशमलव ६६ अंकले घटेर २५ सय ४३ दशमलव ३९ विन्दुमा रोकिएको हो ।

साताको कारोबारको पहिलो दिन आइतबार आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज १ दशमलव ३० अंकले बढेर ४९० दशमलव १३ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा २३० कम्पनीको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर खरिद विक्रि भइरहेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot