Logo

लागूऔषध सहित ७ जना पक्राउ



मकवानपुर, २२ फागुन । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका–१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.१९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीबाट सोही उपमहानगरपालिका–१९ पच्चिस घर बस्ने २२ वर्षीय टाइसन कुश्मी चौधरीलाई करिब १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा टाइसन कुश्मीको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट करिब १२ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद २ हजार ६ सय ९० रुपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश ढकाल समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली डेरा गरी बस्ने २६ वर्षीय चेतन मगरलाई नियन्त्रित लागूऔषध ३ हजार ६० ट्याब्लेट ट्रामाडोल, १ हजार ७ सय ५० ट्याब्लेट स्पास्पेइन र २ हजार ३ सय १५ ट्याब्लेट डिकोलिक सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot