Logo

नेपाल वायुसेवा निगमले साउदी अरेबिया उडानको अनुमति पायो



काठमाडौं, २२ फागुन । साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ । साउदी नेपाली कामदार अत्याधिक रहेका मुलुक हो । पछिल्लो समय साउदीमा वायु सेवा निगमको नियमित उडान हुनुपर्ने नेपाली कामदाहरुको पनि माग थियो ।

यसअघि निगम त्यहाँ चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो । चारवटा जेट विमान भएको निगमका लागि साउदी आठौं गन्तव्य मुलुक हुने निगमका अपरेशन डाईरेक्टर दीपु जुहारचनले जनाए ।

निगमलाई साउदी अरेवियाको जनरल अथरिटी अफ सिभिल एभिएशनले आज रियादस्थित् कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन डाईरेक्टर दीपु जुहारचनको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो ।

जुहारचनले जनाएअनुसार यो उडान अनुमतिअनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । यो उडान अनुमति पाउनुमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन डाईरेक्टर दीपु जुहारचनको विशेष पहल रहेको जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्