Logo

दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने



काठमाडौं, फागुन २३। नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि सुन आयातमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले आइतवार सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ संशोधन गर्दै आयात कोटा घटाएको हो । कोभिड महामारी शुरू भएपछि सरकारले सुन आयात कोटा घटाएर दैनिक १० किलो बनाएको राष्ट्र बैंकले २०७७ चैत १९ गतेदेखि २० किलो बनाएको थियो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पुससम्ममा देशको शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ । यसैगरी विदेशी विनिमय सञ्चिति घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ जुन ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

शोधनान्तर घाटा उच्च भएपछि २ महीनाअघि राष्ट्र बैंकले चाँदी, सवारीसाधन, शृंगार र विलासितालगायत सामानआयातमा कडाइ गरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot