Logo

‘२५ जलविद्युत् कम्पनीलाई तत्काल आइपिओ अनुमति देऊ’



काठमाडौं, फागुन २३ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २५ वटा जलविद्युत् आयोजनालाई तत्कालै प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को प्रक्रिया अगाडि बढाउने अनुमति दिन नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको छ। ती कम्पनले आइपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति पर्खिरहेका छन्।

इप्पानका पदाधिकारीले आइतबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर आइपिओको पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीलाई अनुमति दिन अनुरोध गरेका हुन्।

बोर्डले लामो समयसम्म २५ जलविद्युत् कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति नदिएपछि इप्पानले बोर्ड अध्यक्षलाई भेटेर दबाब दिएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot