Logo

युक्रेनमा आक्रमणको १२ औं दिन आज



एजेन्सी, २३ फागुन । रुस र युक्रेनबीच जारी युद्धको आज १२औं दिन हो । २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा अहिले युक्रेनका आम जनताको ज्यान समेत गइरहेको छ । जसका कारण यो १२ दिनमा शताब्दीकै सबैभन्दा ठूलो पलायन पनि देखियो । यसैबीच, भारतका प्रधानमन्त्री मोदीले आज युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुरा गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघमा युद्ध सम्बन्धी मतदानमा भारत अनुपस्थित थियो।

रुसी आक्रमणका बीच आइतवार अमेरिकी सांसदहरूसँग कुरा गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा देशबाट सहयोग नपाए रुसलाई रोक्न निकै गाह्रो हुने बताए । यदि सहयोग आएन भने, तपाईले मलाई अन्तिम पटक जिउँदै देख्नुहुनेछ, जेलेन्स्कीले निकै भावुक हुँदै भने।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot