Logo

२ दिनको शिशुसहित एकै परिवारका ५ जनाको रहस्यमय मृत्यु



ललितपुर, २३ फागुन । नल्लुमा एकै परिवारको रहस्यमय मृत्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका ४ स्थित शुभ स्याङतानको परिवारका पाँचजना सदस्यको मृत्यु भएको हो ।

पाँचैजनाको शव विहान ४ बजे फेला परेको थियो । घटनामा मृत्यु हुनेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान र २ दिनको बालक छन् । घटनास्थलमा विषको बट्टा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा गम्भीर घाइते भएका शुभ स्याङतानको उपचार भइरहेको छ । परिवारकै सदस्यको मृत्यु हुनुले घटनालाई रहस्यमयी बनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनास्थलमा विषको प्रयोग भएको पाइएको छ । उक्त विष कस्ले प्रयोग गर्यो भन्ने अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्