Logo

मोदीको मध्यस्थताले रुस-युक्रेन युद्ध रोकिएला ?



एजेन्सी, २३ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र युक्रेनबीच युद्ध रोक्ने प्रयासमा सक्रिय भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिभिर जेलेन्स्कीसँग संवादलाई गति दिएका छन् ।

पुटिन र जेलेन्स्कीसँग यसअघि पनि टेलिफोन संवाद गरिसकेका मोदीले आज पनि गर्ने इन्डियन एक्सप्रेसले जनाएको छ । स्रोतलाइ उदृत गर्दै इन्डियन एक्सप्रेसले दुवै नेतासँग संवाद गर्ने उल्लेख गरेको हो ।

पुटिन र जेलेन्स्की दुवै एक अर्काविरुद्ध आक्रामक बन्दै गएका छन् । रुस पछि हट्ने पक्षमा छैन । युक्रेन पनि आत्मसमर्पण नगर्ने अडानमा उभिएको छ ।

मोदी दुवैलाई सहमतिमा ल्याउन प्रयासरत छन् । उनले तटस्थ भूमिका निभाउँदै आएका छन् ।

अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जापान जस्ता शक्तिशाली देशहरु युक्रेनको पक्षमा उभिएका छन् । चीन रुसको पक्षमा उभिएको छ ।

यसपटक भारत भने तटस्थ देखिएको छ । भारतका प्रधानमन्त्री मोदी मध्यस्थकर्ताको भूमिका निभाउन थालेका छन् । उनले युद्ध रोकेर शान्ति ल्याउन दुवै नेतालाई आग्रह गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot