Logo

रोजगार मिलाउने भन्दै फारम भराएर पैसा लिने, काम नदिने जब सेन्टरका सञ्चालक पक्राउ



काठमाडौं, २३ फागुन । रोजगारी दिने भन्दै फाराम भराउने तर काम नमिलाउने ९ वटा जब सेन्टरका सञ्चालक पक्राउ परेका छन् । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकहरुलाई प्रहरीले पक्राउ हो । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार सबै जब सेन्टरमा छापा मारेको थियो ।

फाराम भराउँदै जागिर लगाइदिने भन्दै केही तालिम दिने र पछि वास्तै नगरको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको जनाएको छ ।

रोजगारीको अवसर, जागिर चाहिएमा भन्दै विज्ञापन गर्ने र पैसा असुलेर बेवास्ता गर्ने गरेको आरोप जब सञ्चालकहरुमाथि लागेको छ । प्रहरीले सेन्टरहरुले प्रतिव्यक्ति ५ सय देखि ५ हजार रुपैयाँसम्म ठगि गरेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्