Logo

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक जारी



काठमाडौं, २३ फागुन । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ ।

समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ ।

सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ ।

बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।

आजको बैठकमा सरकारमा सहभागी मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएकाहरुलाई फिर्ता बोलाउनेबारे पनि छलफल हुने एक नेताले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot