Logo

धनगढीमा भेटियो डन्डीले हानेर हत्या गरी फालिएको युवकको शव



धनगढी, २३ फागुन । कैलालीको धनगढी उपमहानगरपालिकामा युवकको हत्या भएको छ । जाँई शिवनगर सडक छेउको केराबारीमा युवकको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

घटनास्थल नजिकै प्रहरीले रगत लागेको फलामको डन्डी समेत फेला पारेको छ । युवकको घाँटी र गालामा चोटपटक लागेको छ । उनलाई निर्घात कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।-तस्बिर स्रोतः दिनेशखबरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot