Logo

श्रीलंका नेभीलाई नेपालले दियो २ सय १५ रनको लक्ष्य



काठमाडौं, २३ फागुन । पहिलो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्धको खेलमा नेपालले २ सय १५ रनको लक्ष्य दिएको छ ।

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५० ओभरमा श्रीलंका नेभीविरुद्ध खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुदै २ सय १४ रन मात्र जोड्न सकेको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे भने आशिफ शेखले ३६ रन बनाए ।

यस्तै, विनोद भण्डारीले २२ तथा करण केसी १६ रन जोडे । कुशल भुर्तेल १३ रन बनाए भने कप्तान सन्दीप लामिछाने ११ रनमा पविलियन फर्किए ।



प्रतिक्रिया दिनुहोस्