काठमाडौं, २३ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छिन्। सोमबार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डी दल गणको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन्। उनले समयमै काम सम्पन्न गर्नपनि निर्देशन दिएकी छिन् ।
सिंहदरबारभित्र बन्न लागेको चण्डी दल गणको भवन निर्माणको जिम्मा बिकोई, रसुवा र तुँदी जोइन्ट भेन्चरले प्राप्त गरेको छ। भवन निर्माणको अनुमानित लागत ६५ करोड ९५ लाख रुपैयाँ र निर्माण अवधि दुई वर्ष रहेको छ।
एक लाख वर्गफिट क्षेत्रफलमा बन्न लागेका दुई भवनमा सात सय दुई जवान रहन सक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै, भवन परिसरमा चारवटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउन्डसमेत बनाइनेछ। कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम