Logo

माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक स्थानीय तह चुनाव पछि



काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय चुनाव पछाडी केन्द्रीय समितिको बैठक प्रस्ताव गरेको छ । केन्द्रको जेठ २० गते बस्ने अर्को केन्द्रीय समितिको बैठकमा पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने जनाइएको छ ।

आज पार्टीका शीर्ष नेताहरुको बैठक बसेर आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालेको हो । पार्टीको केन्द्रीय समितिमा नारायणकाजी श्रेष्ठ लगायतको फरकमत सहित सबै विषय पार्टी कार्यालयमा दर्ज भएको र अन्य सबै विषयहरु अर्को बैठकमा छलफल हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot