Logo

युक्रेनको पक्ष लिएर नेपाल अर्को गुटमा गएको होइनः परराष्ट्रमन्त्री डा. खड्का



काठमाडौं, २३ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको आपतकालिन बैठकमा नेपालले युक्रेनको पक्ष लिएर कुनै खेमामा नगएको बताएका छन् । उनले नेपालले असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनको समर्थन गरेको जिकिर गरे ।

‘नेपालले असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनको समर्थन गरेको हो,’ आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खड्काले भने,‘नेपाल अर्को कुनै गुटमा गएको छैन ।’

रुसको विरोधमा मतदान गरेर नेपाल अमेरिकी खेमामा खुलेको भनी टिप्पणीहरु भइरहँदा मन्त्री खड्काको पछिल्लो भनाई सार्वजनिक भएको हो । उनले संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनेको पक्षमा मतदान गरेको बताए ।

सरकारले युक्रेनबाट ५ सय ३३ नेपालीलाई उद्धार गरिएको बताए । यसका लागि भारत सरकारलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

भारतको उद्धार टोलीको सहयोग लिइएको उनको भनाई थियो । सबै उद्धार गरिएकाहरु सुरक्षित रुपमा रहेको बताए । उद्धार गरिएकाहरुमध्ये ४ सय २७ जना पोल्यान्डमा र बाँकी अन्य देशमा रहेको जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्