Logo

श्रीमतीलाई केमिकल प्रहार गरी घाइते बनाउने पक्राउ



भक्तपुर, २३ फागुन । आफ्नै ६० वर्षीया श्रीमतीलाई नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गुभाजुले आफ्नै श्रीमतीलाई कुटपिट तथा केमिकल प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot