काठमाडौं, २३ फागुन । सामाजिक सञ्जालमा नाबालिगको अश्लिल तस्वीर र स्टाटस अपलोड गर्ने एक पुरुष पक्राउ परेका छन् ।
नाबालिगको चरित्र हत्या गर्ने उद्देश्यले ललितपुर–२१ का २९ वर्षीय दिपु भन्ने विकास महर्जनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको प्रहरीले जनाएको छ ।