Logo

रुसद्वारा ‘शत्रुवत् कदम चाल्ने’ देशहरुको सूची सार्वजनिक (नामावलीसहित)



एजेन्सी, २३ फागुन । रुसले आफूविरुद्ध शत्रुवत् कदम चाल्ने देशहरुको नाम सार्वजनिक गरेको छ । सोमबार रुस सरकारले ती देशहरुको सूची अनुमोदन गरेको हो ।

रुसी समाचार संस्था तासका अनुसार सूचीमा उल्लेख भएका देशहरुले रुसविरोधी गतिविधि गरेको, शत्रुवत् व्यवहार गरेको भनिएको छ । रुसले शत्रुवत् व्यवहार गर्ने कम्पनी र व्यक्तिहरुको सूची समेत अनुमोदन गरेको जनाइएको छ ।

रुसले शत्रुवत् व्यवहार गर्ने देशहरुको सूचीमा अमेरिका, क्यानडा, यूरोपेली यूनीयनका देशहरु, बेलायत, युक्रेन, स्वीटजरल्यान्ड, जापान, अष्ट्रेलिया, दक्षिण कोरियालगायतलाई राखेको जनाइएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिका, यूरोपेली यूनीयनका देशहरुलगायतले रुसविरुद्ध कडा कदम चालेका छन् । उनीहरुले युक्रेनलाई सैन्य सहायता समेत दिदै आएका छन् ।

रुसको सूचीमा परेका शत्रुवत् व्यवहार गर्ने देशहरु
अमेरिका, क्यानडा, यूरोपेली यूनीयनका देशहरु, बेलायतसहित (जेरसे, अंगुइला, द ब्रिटिश भर्जिन आइल्यान्ड, गिल्बरालटार), युक्रेन, स्वीटजरल्यान्ड, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, अल्बानिया, अनडोरा, आइसल्यान्ड, लिचटेनस्टेन, मोनाको, नर्वे, सान मारिनो, नर्थ मेसोडोनिया, मिक्रोनेसिया, न्यूजिल्यान्ड, सिंगापुर र ताइवान ।



प्रतिक्रिया दिनुहोस्

Screenshot