Logo

पर्यटक आगमनले व्यवसायी मख्ख



काठमाडौं, फागुन २४ । कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए ।

यस्तै जनवरी महिनामा नेपालमा १६ हजार ९७५ पर्यटक आएका छन् । गतवर्षको सो महिनामा ८ हजार ८७४ पर्यटक नेपाल आएका थिए । कोरोना संक्रमण घट्दै जाँदा पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । आजको आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot