Logo

दलगत स्वार्थमा ‘अर्ली इलेक्सन’ प्रपञ्च



काठमाडौं, फागुन २४। सरकारमा रहेका दलहरू स्थानीय तहको निर्वाचनलाई छायामा पार्दै संघीय संसद्को निर्वाचनका पक्षमा देखिएका छन्। नेकपा एमालेले संसद् चल्न नदिएको बहानामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) स्थानीय तहको निर्वाचन रोकेर भए पनि संघीय संसद्को निर्वाचन गर्नुपर्ने पक्षमा देखिएका हुन्।

सरकारले संविधानअनुसार स्थानीय तहको निर्वाचन मिति तोकेपछि पनि यी दुई दलका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेकै कारण संसद् चल्न नसकेको हुँदा संसदीय निर्वाचन गर्नुपर्ने तर्क गरेका छन्।

एमाले पनि यो संसद्को औचित्य नभएको भन्दै ‘अर्ली इलेक्सन’ को पक्षमा रहेका बेला माओवादी र नेकपा एस पनि त्यही बाटोमा देखिएका हुन्। एमाले नेतृत्वको सरकारले एक वर्षअघि नै संसदीय निर्वाचनमा जानुपर्ने भन्दै संसद् विघटन गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को कार्यकाल नसकिई मध्यावधि निर्वाचन घोषणा गरेकोमा असहमति जनाउँदै हालको चारदलीय गठबन्धनले सर्वोच्च अदालतबाट परमादेश लिई सरकार बनाएको हो।

भदौयता निरन्तर संसद् अवरुद्ध भएपछि माओवादी र नेकपा एसले पनि अर्ली इलेक्सनको बाटो नै उपयुक्त देखेका हुन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot