Logo

समाज परिवर्तनका हरेक खण्डमा महिलाको समान भूमिकाः नेता पौडेल



काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले समाज परिवर्तनका हरेक खण्डमा समान भूमिका र योगदान गर्ने महिलाका कतिपय मुद्धा अझै ओझेलमा परेको बताएका छन् ।

आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेता पौडेलले शुभकामना दिँदै एउटा समान्य परिवार हुँदै समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरसम्म आफूलाई उभ्याएर मानव सभ्यता नै डोर्याएका नारीका कथा अनगिन्ती रहेको पौडेलले उल्लेख गरेका छन् ।

समाज परिवर्तनका हरेक खण्डमा समान भूमिका र योगदान गर्ने महिलाका कतिपय मुद्धा अझै ओझेलमा परेका छन् र संघर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास, र थप उपलब्धि र दिगो विकासका निम्ति निरन्तर बहस र संघर्ष आवश्यकता रहेको पनि पौडेलको भनाई छ ।

लैंगिक समानता, महिला अधिकार, महिला सशक्तिकरणका र प्रतिनिधित्वका लागि लड्ने महिलाहरुलाई निरन्तर लागिरहन प्रेरणा मिलोस भन्दै पौडेलले शुभकामना व्यक्त गरेका छन् ।

अझै पनि महिला अधिकार नारामा मात्रै सीमित भएको, व्यवहारमा करिब मृत जस्तै रहेको भन्दै पौडेलले यसलाई जीवन दिनु हामी सबैको जिम्मेवारी भएको उल्लेख गरेका छन् । यसका लागि सबैको सहकार्य सँगै हुनुपर्नेमा उनले जोड दिएका छन् । सबैको अधिकार बराबरी हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot