Logo

प्राध्यापक संगठनद्धारा त्रिवि पदाधिकारीको राजीनामा माग



काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको राजीनामा माग गरिएको छ । काठमाडौं–त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले त्रिविका पदाधिकारीहरुको राजीनामा माग गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निकट प्राध्यापक संघले पदाधिकारीहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

एक विज्ञप्ती जारी गर्दै निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको तीन प्राध्यापकहरुले आरोप लगाएका छन् । विज्ञप्तीमा वर्तमान पदाधिकारीको नियुक्ति पछि प्राज्ञिक उन्नतीका कुनै काम हुन नसकेको प्रति आपत्ति जनाइएको छ । शैक्षिक क्लालेन्डर लागु गर्न नसक्ने, पाठ्यक्रम समय सापेक्ष परिमार्जन र परिवर्तन गर्न नसकेको आरोप पदाधिकारीहरुमाथि लगाइएको छ ।

एकिकृत समाजवादी प्राध्यापक संगठन नेपालको तर्फबाट प्रा.डा.गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनको तर्फबाट प्रा.डा. रमेश भट्टराई र प्रजातान्त्रिक प्राध्यापक संघ नेपालको तर्फबाट सह प्रा. जगत तिमिल्सिनाले पदाधिकारीहरुको राजीनामा माग गरेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot