Logo

रुसका जर्नेल मारिएको युक्रेनको दाबी



एजेन्सी, २४ फागुन । युक्रेनले रुसका जर्नेल युद्धमा मारिएको दाबी गरेको छ । युक्रेनको सैनिकले युक्रेनविरुद्धको हमलामा रुसी सेनाका कमाण्डर मेजर जनरल भिटाली गेरोसिमोभ मारिएको दाबी गरेको हो ।

युक्रेनको पूर्वी शहर खारकिभमा युद्धका क्रममा उनी मारिएको दाबी गरिएको छ । उनले विगतमा चेचेनियामा रुसी सेनाको कारबाहीमा सहभागिता जनाएका थिए । गारासिमोझ सिरियामा रुसी सैन्य कारबाहीमा समेत कमाण्डको भूमिका निभाएका थिए ।

युक्रेनविरुद्धको हमलामा उनी १५औं सेपरेट मोटराइज्ड राइफल ब्रिगेडको कमाण्डर थिए । २३ फागुनमा उनी मारिएको दाबी गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot