Logo

११ जिल्लाका ८८ स्थानीय तहमा एकिकृत बस्ती विकास गर्ने तयारी



काठमाडौं, २४ फागुन । सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ८८ स्थानीय तहमा एकिकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकिकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको मन्त्रालयले जनाएको छ ।

यसको लागि ११ जिल्लाका ८८ स्थानीय तहलाई स्थान छनोट गर्न पत्राचार समेत गर्दै १० दिनभित्र स्थान पहिचान गरी पठाउन पालिकाहरुलाई निर्देशन दिएको जनाइएको छ ।

मन्त्रालयले दार्चुलाको ९ स्थानीय तह, हुम्लाको ७, डोल्पाको ८, मुगुको ४, बाजुराको ८, अछामको १०, बझाङको १२, जुम्लाको ६, रुकुमको ५, कालिकोटको ९, जाजरकोटको ७ स्थानीय तहलाई स्थान छनौट गर्न निर्देशन दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्