Logo

विदेश त घुम्न जाने मात्रै हो, काम त आफ्नै देशमा गर्नुपर्छः युवा उद्यमी खुशी पाठक (भिडिओसहित)



काठमाडौं, २४ फागुन । आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस हो । विभिन्न कार्यक्रमको आयोजना गरी नेपालमा पनि यो दिवस मनाइदै छ । पुरुष मात्र घर बाहिर काममा हिड्ने हाम्रो पुरानो मान्यतालाई अहिलेका महिलाहरुले तोडिदिएका छन् । महिलाहरु पनि पुरुषलाई टक्कर दिन थालेका छन् । काम गरे असम्भव केही छैन् भन्ने कुरा पछिल्लो समयमा व्यवसायमा लगानी गरेका महिलाहरुले पुष्टि गरीसकेका छन् ।

परिपक्क उमेरमा मात्र आफ्नै ब्यवसाय गर्नुपर्छ भन्ने आम धारणालाई चुनौति दिदै युवा उद्यमीको रुपमा खुशी पाठक प्रस्तुत भएकी छिन् । २९ वर्षीया श्रृगार व्यवसायी पाठकले आफ्नो एकलौटी लगानीमा थापाथलीस्थित् ब्लुबडमलमा ऐना युनिसेक्स सलैुन संचालन गर्दै आएकी छिन् ।

पत्रकार सचिना बानियाँसँग कुरा गर्दै पाठकले हरेक व्यक्तिको इच्छाशत्ति नै सफलताको प्रतिक भएको बताएकी हुन् ।

सबैलाई भविष्यको सुन्दर सपना देख्न र सपनाको पछि लाग्न सुझाव दिँदै पाठकले सपना देखेपछि अवश्य एकदिन पुरा हुनेमा आफु विस्वस्त रहेको बताइन् ।

२०७२ सालमा आएको प्राकृतिक प्रकोप भुँइचालोले आफ्नो परिवारमा पुर्याएको क्षति र पीडाको कारण आफु केही गर्न उत्साहीत भएको पाठकले सुनाइन् ।

दोलखामा जन्मिएकी पाठकको कुनै पनि व्यवसाय सचालन गर्न र सफल पार्नलाई म्यानेजमेन्ट राम्रो हुनुपर्ने धारणा छ ।

उनले सैलुनमा ७ जनालाई रोजगारी दिँदै आएकी छिन् । सौन्दर्यविद् पाठकले हेयर कटिङ मास्टर भारतबाट ल्याएर ग्राहकहरुलाई सेवा दिइरहेको बताइन् ।

सौन्दर्यविद् पाठक विदेश काम गर्न नभएर घुम्न जान मन लाग्ने बताइन् । जोखिम उठाउनुमा नै आनन्द आउँछ भन्दै उनले जोखिम विनाको मानिस सफल हुनै नसक्ने पनि ठोकुवा गरिन् ।

श्रृगार व्यवसायी पाठकले दैनिक विदेश जाने युवाहरुको संख्या बढीरहेको अवस्थामा युवाहरुलाई विदेश नगएर नेपालमै केहीगर्न सुझाव दिइन् ।

विदेश पढ्न र घुम्न जाने तर आफ्नो सिप, लगानी चाँही नेपालमै प्रयोग गर्न सुझाव छ । सम्पुर्ण युवाहरुले आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको धारणा छ ।

उनले भनिन्, ‘नेपालमै ब्वयसाय गर्ने वातावरण छ, राजनीतिक समस्या सधै उस्तै रहन्न, परिवर्तन भइरहन्छ, त्यसकारण जे गर्नुछ आफ्नै देशमा गर्नुस्, विदेश त घुम्नको लागि जाने हो ।

 



प्रतिक्रिया दिनुहोस्