एजेन्सी, २४ फागुन । सँसारमा अहिले पनि पुरुषहरु नै सर्वाधिक शक्तिशालीको सूचीमा छन् । विश्वको शक्तिशाली व्यक्तिहरुको सूचीमा अहिलेसम्म कुनै महिला परेका छैनन् । तर, पछिल्लो समय महिलाहरुको शक्ति बढिरहेको छ । शक्तिशालीहरुको सूचीमा महिलाहरु बढीभन्दा बढी पर्न थालेका छन् ।
सन् २०२१ को डिसेम्बरमा फार्बसले सार्वजनिक गरेको विश्वको शक्तिशाली महिलाहरुको सूचीको पहिलो नम्बरमा अमेरिकाकी म्याकेन्जी स्कट परिन् । समाजसेवी उनी विश्वको सर्वाधिक धनी महिलाको सूचीमा पनि टप टेनमा छिन् । उपन्यासकार समेत रहेकी स्कटले विश्वको दोस्रो धनी जेब बेजोससँग पारपाचुके गरिन् । यसले उनलाई चर्चामा ल्यायो ।
विश्वको दोस्रो शक्तिशाली महिलामा अमेरिकार्की उपराष्ट्रपति कमला ह्यारिस छिन् । ५७ वर्षीया ह्यारिस अमेरिकाकी काला जातिबाट प्रथम महिला उपराष्ट्रपति हुन् ।
तेस्रो स्थानमा यूरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लागार्डे छिन् । ६६ वर्षीया उनी फ्रान्सकी हुन् ।
चौंथो स्थानमा मेरी बारा छिन् । ६० वर्षीया अमेरिकी नागरिक व्यवसायमा सफल छिन् । उनी कार निर्माता कम्पनिी जनरल मोटर्सकी प्रमुख हुन् ।
पाचौं स्थानमा मेलिन्डा फ्रेन्च गेट्स छिन् । अमेरिकाकी गेट्स माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी पत्नी हुन् । उनी समाजसेवामा सक्रिय छिन् ।
छैठौं स्थानमा अमेरिकाकी अबिगेल जोन्सन्सछिन् । ६० वर्षीया उनी फिडेलिटी इन्भेस्टमेनटकी प्रमुख हुन् ।
सातौं स्थानमा अन्ना पेट्रिसिया बोटिन छिन् । ६१ वर्षीया उनी स्पेनकी हुन् । उनी सानटान्डरको प्रमुख हुन् ।
आठौं स्थानमा जर्मनीकी उरसुला भोन डेर लिएन छिन् । उनी राजनीतिमा सक्रिय छिन् । यूरोपेली यूनीयनकी अध्यक्ष लियन उक्त पदमा पुग्ने प्रथम महिला हुन् । जर्मनीको रक्षामन्त्री समेत थिइन् ।
नवौं स्थानमा ताइवानकी राष्ट्रपनि साई इङ वेन छिन् । उनले सत्तामा रहँदा चीनको चुनौतीको सामना गरिरहेकी छिन् ।
दशौं स्थानमा अमेरिकाकी व्यवसायी जुली स्वीट छिन् । ५४ वर्षीया उनी एसेन्चर कम्पनीकी प्रमुख हुन् ।
एघारौंमा अमेरिकाकी करेन लिन्च, १२औंमा अमेरिकाकै केरोल टोमे, १३औंमा बेलायतकी इम्मा वाल्मस्ले छन् । अमेरिकाकी व्यवसायी जेनी फ्रेसर, अमेरिकाकी सभामुख नान्सी पेलोसी, मिडियाकी लोकप्रीय ओफरा विनफ्रि, सिंगापुरकी व्यवसायी हो चिङ, भारतकी अर्थमन्त्री निर्मला सितारमन, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, गायिका रिहाना, बेलायतकी महारानी एलिथावेथ शक्तिशाली महिलाको सूचीमा छन् ।