काठमाडौं, २४ फागुन । नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव–स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।
नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पहाडीलाई १ लाख ४० हजार रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च भन्दै पहाडीले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।
पहाडीमाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।