Logo

आज थप १९४ संक्रमित थप, १ जनाको निधन



काठमाडौं, २४ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९४ जना नयाँ संक्रमित थपिएका छन् ।

३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरेर उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यसैगरी, ३ सय ४८ जना आज संक्रमणमुक्त भएका छन् । जसमध्ये ५ हजार ठ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot