Logo

ग्याँससहित सबै खालका इन्धनको बिक्रि ठप्प पार्ने चेतावनी



काठमाडौं, २४ फागुन । पेट्रोलियम कारोबार गर्ने संस्थाहरुले ढुवानीदेखि बिक्रिसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । आज संयुक्त विज्ञप्ती जारी गर्दै पेट्रोलियम कारोबार गर्ने निजि संस्थाहरु नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत्र ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

चैत्र ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेदेखि ग्याँसको भन्सार नछुटाउने र २० गतेदेखि देशभर ग्याँससहित सबै खालका इन्धनको बिक्रि ठप्प पार्ने जस्ता आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot