Logo

ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल



काठमाडौं, २४ फागुन । ग्रीन भेन्चर्स लिमिटेडको रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । हिजो (सोमबार) २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।

अब सम्झौतापछि ग्रीन भेन्चर्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु लक्ष्मी क्यापिटलले गर्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot