Logo

जीवन जिउने कला सिकाउँदै



सिन्धुपाल्चोक , फागुन २५। सिन्धुपाल्चोक बलेफी–५ का रामबहादुर तामाङ चढेको बस २०६७ साल पुस १८ गते दुर्घटना भयो । लामो उपचारपछि तामाङको ज्यान त बच्यो तर कम्मरमुनिको भाग नचल्ने भयो । शारीरिक असशक्तता र जीवनको सार्थकता सकिएको सोचले ग्रस्त तामाङ रक्सीको लतमा परे । जीवनदेखि नै विरक्तिएका उनी ‘डिप्रेसन’ को सिकार भए ।

तर श्रीमतीको प्रेम र हौसलाले काभ्रे भैंसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा स्वास्थ्य लाभपछि उनी अहिले मनोपरामर्शदाताका रूपमा सक्रिय छन् । तामाङ भन्छन्, “त्यो दिन मेरो जीवन सकिएको हैन रहेछ, सुरुवात पो भएको रहेछ ।”

पुनस्र्थापना केन्द्रमा पुगेपछि जीविकोपार्जनको उपायसँगै मनोपरामर्शको तालिम लिएपछि जीवनको नयाँ मोड सुरु भएको अनुभव तामाङको छ । दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेका आफूजस्तै साथीलाई जीवन कसरी जिउने भनेर उनले परामर्श दिँदै आएका छन् । ह्विल चियर बास्केटबल टिम काभ्रे जिल्लाका कप्तानसमेत रहेका तामाङ मेरुदण्डमा चोट लागेका आफूजस्तै साथीलाई पौडी प्रशिक्षणसमेत दिँदै आएका छन् ।

मेरुदण्डमा चोट लागेका चितवन भरतपुरका ३६ वर्षीय नवराज रेग्मीसमेत सामाजिक अभियन्ताका रूपमा पीडितलाई परामर्श दिँदै आएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot