Logo

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता



सिन्ह्वा, २५ फागुन । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको बताइएको छ ।त्यस्तै उनीहरुका बीचमा चीन पाकिस्तान द्धिपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरेको चीन भ्रमण र त्यहाँ उनले बेइजिङ ओलम्पिकमा सहभागी भएका विषयमा पनि कुराकानी भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot